
ताप्लेजुङ, २ पुस । लाइट्स हिमालय नामक संस्थाले ८ लाख ५० हजार रुपैयाँ खर्च गर्दै ताप्लेजुङको हान्द्रुकमा ३ कक्षा सम्मको बिद्यायलय निर्माण गरेको छ ।
३ कोठे पक्कि भबन निर्माण गरी संस्थाले बिद्यालय संचालक समितिलाई हस्तान्तरण गरेको हो । संस्थाका अध्यक्ष मणिराज खतिवडाले बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तुलसी पौडेललाई सो भबन हस्तान्तरण गर्नुभएको हो । हान्द्रुक प्राथमिक बिद्यालयमा अहिले ५० भन्दा बढी बिद्यार्थीहरु अध्ययनरत छन् ।
शिक्षा, स्वस्थ्य र बाताबरण सम्बन्धी कार्य गरिरहेको संस्था लाइट्स टु हिमालयले ताप्लेजुङ, ओखलढुंगा र कालिकोटका बिभिन्न बिद्यालयहरुलाई आर्थिक र भौतिक सहयोग गरेको बताउँदै बिभिन्न जिल्लाका बिद्यालयमा छात्रबृतिमा सहयोग गरिरहेको अध्यक्ष खतिवडाले बताउनुभयो । जर्मनी, पोल्याण्ड लगायतका देशबाट आएका स्वास्थ्यकर्मीहरु सँगको सहकार्यमा बिभिन्न जिल्लामा स्वास्थ्य शिबिर पनि संस्थाले संचालन गरिसकेको छ ।
संस्थाले सामाजिक कार्यका लागि पोल्याण्डको एकेडेमिक जुनियर एण्ड सिनियर स्कुल, लायन्स क्लब अफ नेपाल हिमालयनको सहयोग रहेको संस्थाका सचिब लक्ष्मी बाबा बरालले बताउनुभयो । शिक्षा तथा स्वास्थ्यमा देशभर सहयोग बिस्तार गरिने बरालले बताउनुभयो ।



















प्रतिक्रिया