६ कार्तिक २०८३, शुक्रबार

सरकारका सचिवसँग मिलेर तेल तस्करी गर्ने मन्त्री पनि समातिए !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anil-jha
काठमाडौं । अनिल झाको समेत मिलेमतोमा पेट्रोलपम्पहरूले ठगी गर्दै आएको खुलेको छ । पटक–पटक मन्त्री बनेका झा नेपाल सद्भावना पार्टीका अध्यक्ष हुन् ।

प्रहरीले आफ्नो अनुसन्धानमा झाको तस्करी कार्यलाई समातेको हो ।अर्थात पत्ता लगाएरै छाडेको हो ।

प्रहरी अनुसन्धानमा गुणस्तर तथा नापतौल विभागका तत्कालीन महानिर्देशक रामआधार साहले झासँगै मिलेर ठगी गरेको खुलासा भएको हो । आइतबार पक्राउ परेका साहविरुद्ध मुद्दा दायर भइसकेको छ ।

सहसचिव साह हाल विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयमा कार्यरत छन् । ‘सहसचिव महानिर्देशक हुने कार्यालयमा तत्कालीन मन्त्री झाले उपसचिव रहेका साहलाई निमित्त महानिर्देशक बनाएर पठाएको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले  भने, ‘पक्राउ अभियुक्त तथा विभिन्न व्यक्तिसँग बुझ्दा मन्त्री र तत्कालीन महानिर्देशक साह मिलेर ठगी गरेको बुझिएको छ ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।