२३ कार्तिक २०८३, सोमबार

आफ्ना मधेसी सांसद फकाउन कांग्रेसले बोलायो संसदीय दलको बैठक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congressकाठमाडौं, २ पुस । संसदमा मधेसी मोर्चाले गरिरहेको अबरोध र सरकारले पेश गरेको संविधान संशोधनको विधेयकका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्ने भएको छ ।

अपरान्ह साढे तीन बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्ने दलको बैठकमा समग्र विषयमा छलफल हुनेछ । बैठकमा संविधान संशोधनका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल केन्द्रित हुने बुझिएको छ ।

कांग्रेसको दबावपछि सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले संसदमा संविधान संशोधनसम्बन्धी दुई वटा प्रस्ताव पेश गर्नुभएको छ । सो प्रस्तावलाई मधेसी मोर्चाले विरोध गर्दै आएको छ ।

कांग्रेसका मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूले समानुपातिक र समावेशी प्रतिनिधित्व तथा जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारणको विषयमालाई लिएर पार्टीमा दबाव दिँदै आएका थिए ।