२३ कार्तिक २०८३, सोमबार

मधेसी मोर्चाको बैठकमा ‘राष्ट्रपतिका विषय’मा छलफल हुने, आन्दोलनको तयारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २ पुस । संसदमा संविधान संशोधनको प्रस्ताव पेश गरेपछि रिसाएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक जारी आन्दोलनको समीक्षा र भावी आन्दोलनका विषयमा छलफल गर्न आज बस्ने तयारी गरेको छ ।

राजधानीमा बस्ने तयारी भएको मधेसी मोर्चाको बैठकमा सदनमा पेश गरिएको संशोधन प्रस्ताव र आगामी आन्दोलनका विषयमा छलफल हुने सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । ‘आज बैठक बस्ने तयारी गरिएको छ’, उहाँले भन्नुभयो, ‘सम्भवत दिउँसोतिर मधेसी मोर्चाको बैठक बस्छ होला !’

जनकपुरमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध भएको प्रदर्शन र प्रहरी हस्तक्षेपका विषयमा पनि मोर्चाको बैठकमा समीक्षा हुने स्रोतको भनाइ छ । राष्ट्रपति भण्डारी राजधानी फर्केपछि दर्शनार्थीको भीडमा पेट्रोल बम प्रहार गरिएको विषयमा पनि बैठकमा छलफल हुने बुझिएको छ ।

मधेसी मोर्चाको बिहीबारको आन्दोलन र प्रदर्शनलाई लिएर चौतर्फी आलोचना भएको छ । जनकपुरमा भएको धार्मिक कार्यक्रममा मधेसी मोर्चाका समर्थकले सर्वसाधारणमाथि पेट्रोल बम प्रहार गरेको आरोप छ । मधेसी मोर्चाले पेट्रोल बम प्रहारका विषयमा पन्छिन खोज्दै आएको छ ।