२३ कार्तिक २०८३, सोमबार

भूकम्पको केन्द्रविन्दु बारपाक जाँदै प्रधानमन्त्री, भूकम्पपीडितसँग भेट गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-Oli-Micकाठमाडौं, २ पुस । वैशाख १२ गतेको भूकम्पले केन्द्रविन्दु बनाएको गोरखाको बारपाकका स्थानीयसँग दुःखपीडा बुझ्न प्रधानमन्त्री केपी ओली आज त्यसतर्फ जानु हुनेभएको छ ।

प्रधानमन्त्री ओली हेलिकप्टरमार्फत बारपाक जानु लाग्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ । उहाँ अपरान्ह चार बजेसम्म काठमाडौं आइसक्ने जनाइएको छ ।

भूकम्पबाट धेरै आतंक र भौतिक क्षति भएको बारपाकका सर्वसाधारणहरूले अहिले पनि प्रयाप्त राहतविना बस्दै आएका छन् । चिसोका कारण उनीहरू रातभरि सुत्न समेत सक्दैनन् ।

सरकारले भूकम्प प्रभावित जिल्लाका भूकम्पपीडितहरूलाई सहयोग गर्ने अन्तिम तयारी गरेको छ । जाडोका लागि राम्रो बासस्थानका लागि पनि तयारी तयारी छ ।