६ कार्तिक २०८३, शुक्रबार

एनसेलभित्रका भ्रष्टाचारीलाई भारतको संरक्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

सोमा थापा, भारतीय नागरिक
सोमा थापा, भारतीय नागरिक

काठमाडौं, २ पुस । ‘ठूलालाई चैन, सानालाई ऐन’ भन्ने भनाई नेपाली समाजमामात्र नभई ठूला–ठूला बहुराष्ट्रिय कम्पनीमा पनि लागु भएको छ ।

बिगत ३ महिनादेखि नेपाली दुरसञ्चार कम्पनी एनसेल भित्रको एउटा यस्तै घटनाले आम नेपाली जनमानसलाई अचम्मित बनाएको मात्र छैन कानुनको समेत खिल्ली उडाइएको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।

बिभिन्न मितिमा जिल्ला प्रशासन कार्यलय, प्रहरीबाट प्राप्त पत्रलाई एनसेल व्यवस्थापनले वेवास्ता गरेको छ । तत्कालिन स्पाइस नेपाल र हालको एनसेलमा ग्राहक सेवा केन्दका निर्देशकको रुपमा कार्यरत सोमा थापा आहिले बिभिन्न कारणले गर्दा विवादमा परेकी छन् ।

पर्सा निवासी युवराज थापासँग विवाह गरेपछि गत असोज ६ गते अंगिकृत नेपाली नागरिकता लिएकी सोमा थापा भारतको कोलकातास्थित बुर्तालामा जन्मिएकी हुन ।

नेपाली नागरिकता लिएपछि स्वतः भारतको नागरिकता त्याग्नुपर्नेमा उनले अझै भारतको नागरिकता कायम राख्दै आएको एनसेलका कर्मचारीहरुको भनाई छ ।

काठमाडौंस्थित भारतीय दूतावासको पत्रले पनि उनी अझै भारतीय नागरिक रहेको पुष्टि गर्दछ । सोमाले भारतमै रहँदा भारतीय नागरिताको आधारमा मतदाता परिचयपत्र लिएकी थिइन ।

उनको मतदाता परिचय पत्र डब्लुबी र २१/१४१/१६२२५१ हो । युबराज थापासँग बिहे गरेपछि पर्सा बाट २०७२/०६/०६ मा २१२१ क्रम संख्या भएको अंगीकृत नागरिता लिएकी छन् ।

नेपाली नागरिकता लिएपछि स्वतः भारतको नागरिकता त्याग्नुपर्नेमा उनले अझै भारतको नागरिकता कायम राख्दै आएकी छन् । एउटा अंगीकृत नागरिता लिएकी भारतीयलाई बचाउने हर प्रयास एनसेल व्यवस्थापनले गर्दै आइरहेको छ ।

एनसेललाई जिल्ला प्रशासन कार्यलय र नेपाल प्रहरीबाट दोहोरो नागरिताको बिषयमा पत्र प्राप्त भएपछि भारतीय राजदूताबासलाई एउटा पत्र काटिएको थियो ।

जसको जवाफमा भारतीय राजदूताबासले सन् २०१५/९/२२ मा दिदै सोमा भारतीय नागरिक भएको उल्लेख गरेको छ ।

तर, एनसेलले भने थापाको नागरिकताको विषयमा कम्पनीको कुनै प्रतिक्रिया नरहेको भन्दै उनले पेश गरेको नेपाली नागरिकताका आधारमा कम्पनीमा काम गर्दै आएको जनाएको छ ।

कम्पनीद्धारा जारी वक्तव्यमा नागरिकताको कुरा थापाको निजी विषय हो भन्दै उनको नागरिकता वैधानिक हो होइन भनेर प्रश्न गर्ने ठाउँमा कम्पनी नरहेको स्पष्ट पारेको छ ।

एनसेलले जिल्ला प्रशासन कार्यलय र प्रहरीबाट प्राप्त पत्रलाई हल्लाको संज्ञा दिएको छ । हाल मात्रै सरकारबाट धेरै कर तिर्ने कम्पनीको पुरस्कार पाएको यदि देश कै नियम कानुन मान्दैन भने एनसेल नेपाल कै लागि भन्ने नारा कुन अर्थमा सहि हो ? एक जना कर्मचारीको कारणले कम्पनी कै बेइज्जती भएपनि एनसेलले सोमालाई बिदा गर्ने निर्णय लिन सकेको छैन ।

सोमा जसरी भएपनि आफ्नो मुद्दा मिलाउने खेलमा लागेकी छन् । उनी कहिले बिरामी बिदा त कहिले बेतलबी बिदा बस्दै आएकी छन् ।

सोमा बिदा लिएर भारत गएकी थिइन । एनसेल भित्रको भ्रष्टाचार काण्डमा मुछिएकी दोहोरो नागरिकताधारी सोमा थापाले भारतीय दूतावासबाटसमेत दुईथरी पत्र लेखाएकी छन् ।

एउटा पत्रमा सोमा भारतीय मतदाता भएको जनाइएको छ भने अर्को पत्रमा आफ्नो कर्तुतहरु लुकाउनका निम्ति ढाकछोप हुने खालको चिठी तयार गर्न लगाएकी छन् ।

आफ्नो जागिर बचादिनु पुगाएको भन्दै हार गुहार गर्न दूतावास पुगेकी सोमाले केही साता अघिमात्र कलकत्तामा भोटर कर्ड खारेजीको लागि प्रक्रिया अगाडि बढाएको उनी निकट स्रोत बताउँछ ।

एनसेलले भ्रष्टाचार र अनियमिततामा मुछिएका कर्मचारीहरुको बचाउ गर्न थालेपछि बद्नाम हुने डरले मुख्य लगानीकर्ता टेलियासोनेराले आफ्नो लगानी फिर्ता गर्न लागेको स्रोत बताउँछ ।