२८ आश्विन २०८३, बुधबार

रोजगारीको अधिकार मौलिक हक हुनुपर्छ : ज्ञवाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pradeeo Gyawaliहेटौँडा, १८ वैशाख । एमालेका पोलिटब्युरो सदस्य प्रदीप ज्ञवालीले रोजगारीको अधिकार नागरिकको मौलिक हकमा राख्नुपर्ने बताएका छन् ।

 

एक सय २५ औँ अन्तर्राष्ट्रिय मे दिवसका उपलक्ष्यमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले हेटौँडामा आयोजना गरेको कार्यक्रममा ज्ञवालीले महिला श्रमिकलाई पनि पुरुषसरह पारिश्रमिक उपलब्ध गराउनु पर्ने बताए ।

 

बेरोजगार युवालाई स्वदेशमै रोजगारीका अवसर दिलाउनका लागि वैदेशिक लगानी भित्र्याउन सरकारले अवसर जुटाउनुपर्ने बताएका उनले स्वदेशमा निजी क्षेत्रका लगानीकर्तालाई विद्युत् उत्पादन एवम् पर्यटन क्षेत्रको विकासमा लगाउनुपर्ने बताए ।