जनकपुर, १ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले जनकपुरको जानकी मन्दिरको दर्शन तथा पुजाअर्चना गर्नुभएको छ ।
विवाह पञ्चमीको अवसरमा आज विहान काठमाडौंबाट सेनाको हेलिकप्टरमा जनकपुर आउनुभएका राष्ट्रपति भण्डारीलाई अञ्चल प्रहरी कार्यालयको उतारेर कडा सुरक्षाबीच रामजानकी मन्दिर पुगाइएको थियो ।
११ बजेर ५५ मिनेटमा जानकी मन्दिर पुग्नुभएका राष्ट्रपति भण्डारीले १३ मिनेटसम्म मन्दिरमा पूर्जाअर्चना तथा अवलोकन गर्नुभएको थियो ।
त्यो समयमा मन्दिर बाहिर रहेका मधेसी मोर्चाका कार्यकर्ताले बाहिरै पेट्रोल बम हानेका थिए । अहिले जनकपुरमा तनाव छ । मन्दिर परिसर बाहिर रहेका मोर्चाका कार्यकर्ताले राष्ट्रपतिविरुद्ध कालो झण्डा प्रदर्शन गर्नुका साथै ढुंगामुढा समेत गरेका छन् ।
यसअघि जनकपुर चोकमा प्रदर्शन गरिरहेका मार्चाका कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गर्नुका साथै केही सेल अश्रुग्यास प्रहार समेत गरेको थियो ।













प्रतिक्रिया