२३ कार्तिक २०८३, सोमबार

सरकारले सदनमा ‘पेले’पछि मधेसी मोर्चाले अर्को नयाँ रणनीति बनाउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhesi Morcha Ka Neta Samsad Maकाठमाडौं, १ पुस । संविधान संशोधनको विधेयक सरकारले पेलेर अगाडि बढाएपछि आक्रोशित बनेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आक्रामक रुपमा सदनमा प्रस्तुत हुने योजना बनाएको छ ।

मधेसी मोर्चाले जसरी पनि सदनबाट संविधान संशोधनसम्बन्धी दुई वटा विधेयक पारित गर्न नदिने योजना बनाएको स्रोतले जनाएको छ ।

मधेसी मोर्चाले उठाउँदै आएको समानुपातिक र समावेश प्रतिनिधित्व तथा जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धाणको विषय संविधान संशोधनमा उल्लेख छन् । तर के कारणले हो मधेसी मोर्चाले यो विधेयकलाई अबरोध गर्न खोजीरहेको छ ।

कांग्रेसको सरकारका पालामा सदनमा दर्ता भएको यो विधेयक केपी ओली नेतृत्वको अहिलेको सरकारले अगाडि बढाउन आनाकानी गरेपछि कांग्रेसले सदन अबरोध गरेको थियो । कांग्रेसको दबावपछि यी दुई बिधेयक सदनमा टेबुल भएका छन् ।

मधेसी मोर्चाले चाहेका विषय संशोधन प्रस्तावमा भाषा मिलाएर राख्न सकिने कांग्रेस, एमाले र एमाओवादीले बताउँदै आएका छन् ।

मधेसी मोर्चाले सदनमा पेश भएका विधेयकमध्ये भूकम्पसम्बन्धी प्राधिकरण विधेयकलाई सहज रुपमा पारित हुन दिने जनाएको छ ।

संविधान संशोधनलाई भने रोक्ने चेतावनी दिएको छ । सो विषयमा मधेसी मोर्चाले आज आन्तरिक छलफल गर्ने सद्भावना पार्टी महासचिव मनीष सुमनले जानकारी दिनुभयो ।