२३ कार्तिक २०८३, सोमबार

कांग्रेसको कार्यसमिति बैठक बस्दै, महाधिवेशनमा छलफल हुने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-meetingकाठमाडौं, १ पुस । १३औँ महाधिवेशन र मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बस्ने कार्यसमिति बैठकमा महाधिवेशनमा छलफल केन्द्रित रहनेछ । कांग्रेसको महाधिवेशन फागुनमा हुँदैछ ।

महाधिवेशनमा लागेको कांग्रेसले गाउँ, नगर, क्षेत्र र जिल्ला अधिवेशन पनि गर्नुपर्ने बाध्यता छ ।

त्यसै गरी व्यवस्थापकीय कार्य, सक्रिय कार्यकर्ताको सदस्यता वितरणलगायतका बिवाद पनि अन्त्य गर्नुपर्नेछ ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था तराई मधेस र थारु आन्दोलनलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल हुनेछ । बैठक नौ बजेपछि बस्ने कार्यक्रम छ ।