६ कार्तिक २०८३, शुक्रबार

कांग्रेसमा कहाँबाट आए यति धेरै सक्रिय कार्यकर्ता ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-buildingकाठमाडौं, १ पुस । कांग्रेसमा डेढ लाख क्रियाशील सदस्य थपिएका छन् । छानबिन समितिले क्रियाशील सदस्यता विवाद टुंग्याएको हो ।

अब कांग्रेसमा क्रियाशील सदस्य चार लाख ७० हजार पुगेको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

कांग्रेसको १२औँ महाधिवेशनसम्म तीन लाख १७ हजार क्रियाशील सदस्य थिए । अहिले एक लाख ५३ हजार थपिएर चार लाख ७० हजार पुगेको हो ।

कांग्रेसले १३औँ महाधिवेशनसम्म क्रियाशील सदस्य ६ लाखसम्म पुर्‍याउने लक्ष्य लिएको थियो ।

आफ्नो पक्षमा महाधिवेशन प्रतिनिधि ल्याउन संस्थापन र देउवा पक्षले विधि र प्रक्रिया मिच्दै सदस्यता फारम वितरण गरेपछि करिब दुई दर्जन जिल्लामा विवाद भएको थियो ।

विवाद बढेपछि केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको थियो ।

समितिले तीन जिल्लाका नयाँ सदस्यलाई मान्यता नदिएर सदस्यता विवाद टुंग्याएको हो ।

छानबिन समितिको प्रतिवेदन बुधबार बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत हुँदै छ ।