६ कार्तिक २०८३, शुक्रबार

माइतीघरमा भएको दुर्घटनाको घटना प्रहरीले किन बाहिर ल्याएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Car Accidentकाठमाडौं, १ पुस । गृह प्रसाशनले माइतीघर मण्डलमा शनिबार बिहान भएको एउटा ज्यानै जानेसम्मको गम्भीर सडक घटनालाई गुपचुप राखेको छ ।

प्रहरीले दुर्घटनापछि गरिने सामान्य तर अनिवार्य प्रक्रियासमेत मिचेर त्यससम्बन्धी सूचना गोप्य राख्न खोजेको नागरिक दैनिकले समाचार छापेको छ ।

अनियन्त्रित गाडी थापाथलीबाट हुइँकिदै माइतीघरमण्डला घुमेर थापाथलीतिरै मोढिन खोज्दा दुर्घटना भइ उत्तानो परेको थियो ।

प्रहरी स्रोतका अनुसार दुर्घटनामा परेको बा १२ च ६१०० नम्बरको सेतो रंगको भक्सवागन कार एउटा मिडियाको नाममा छ ।

दुर्घटनाका प्रत्यक्षदर्शीका अनुसार गाडीमा दुई पुरुष र दुई महिला रहेपनि महिलाको परिचय प्रहरीले गोप्य राखेको छ ।

घाइतेलाई तत्कालै नर्भिक अस्पतालमा लगेर भर्ना गरिएपनि अर्कै व्यक्तिको नाममा भर्ना गरिएको छ । प्रहरीसँग दुर्घटनाको कुनै रेकर्ड छैन् ।