६ कार्तिक २०८३, शुक्रबार

राजधानीमा अर्का डनको इन्काउन्टर तयारी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pestol-goli-prahar4काठमाडौं । नेता र अदालतको आडमा गुन्डा नाइकेहरु फेरि सक्रिय हुन थालेपछि प्रहरीले नयाँ इन्काउन्टर सूची बनाउन थालेको छ । महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले चेतावनीका बाबजुद गुन्डागर्दीहरुमै सक्रियहरुको नयाँ सूची बनाउन थालेको हो ।

निकै शक्तिशाली मानिएका दिनेश अधिकारी चरी र कुमार घैंटे भन्ने कुमार श्रेष्ठ प्रहरी मुठभेडमा मारिइसकेका छन् । ती दुई इन्काउन्टरको घटनापछि गुन्डागर्दीमा संलग्नहरु सुस्ताएका छन् । तर, नेताहरुको संरक्षणमा केही अझै सक्रिय रहेको सूचना प्रहरीले पाएको छ । केही नाम चलेका गुन्डा नाइकेहरु गुन्डागर्दीकै भरमा अझै पैसा असुल्दै आएको सूचनाका आधारमा प्रहरीले इन्काउन्टरको नयाँ सूची बनाएको हो

लागूऔषधसहित पक्राउ गरेर थुन्दा समेत अदालतले छाडिदिन थालेपछि प्रहरीले इन्काउन्टर नै गर्ने मनस्थितिमा पुगेको हो । ‘दावा लामाजस्ता गुन्डालाई समेत सबै मुद्दामा अदालतले सफाई दिएछ,’ महानगरीय अपराध महाशाखाका एक अधिकारीले भने, ‘अब पक्राउ गरेरै कामै छैन, जेलबाटै कतिपयले धन्दा चलाइरहेका छन् । गुन्डागर्दी नियन्त्रणलाई इन्काउन्टरबाहेक अर्को विकल्प छैन ।’

दावालाई लागूऔषध , ज्यान मार्ने उद्योग र अपहरण मुद्दा चलाएकोमा तीनै मुद्दामा सफार्इृ पाएर उनी आइतबार छुटेका छन् । प्रहरी स्रोतका अनुसार अब पनि गुन्डागर्दीमा लागे अब बाँकी नराख्ने चेतावनी प्रहरीले उनलाई दिएको छ । अपराध महाशाखा र काठमाडौं परिसरले उनको फोटोसहितको रेकर्ड लिएर चेतावनी दिँदै उनलाई सोमबार रिहा गरेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले पत्रकार सम्मेलन नै गरेर पक्राउ गरेर जेल हाल्दासमेत नसुध्रिनेहरुलाई गोली हान्नुको विकल्प नभएको बताएका थिए । दृष्टि साप्ताहिकमा खबर छ ।