२३ कार्तिक २०८३, सोमबार

संसद खोल्न कांग्रेसले ल्यायो नयाँ प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-meetingकाठमाडौं, २९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले व्यवस्थापिका संसद बैठक सूचारु गर्न मध्यमार्गी उपाय अपनाउने निर्णय गरेको छ ।

सभापति सुशील कोइराला निवास महाराजगञ्जमा बसेको केन्द्रीय पदाधिकारी बैठकले संसद बैठक सूचारु गर्न भूकम्प पीडित पुनर्निर्माण प्राधिकरण र संविधान संशोधन विधयेक एउटै कार्यसूचीमा राख्नुपर्ने प्रस्ताव अघि सार्ने निर्णय गरेको छ ।

यद्यपी पुनर्निर्माण प्राधिकरण पहिला पारित गराउने र त्यसपछि संविधान संशोधन विधेयक अगाडि बढाउन आफूहरु तयार रहेको बैठकपछि प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– भूकम्प पीडितको राहतका लागि पुनर्निर्माण प्राधिकरण पहिला पास गर्नुपर्छ । त्यसै कार्यसूचीमा पछि संशोधन प्रस्ताव ल्याउनुपर्छ । विरोध भए पछि छलफल गरेर सुल्झाउन सकिन्छ ।

कांग्रेसले संसद खोल्न मध्यमार्गी बाटो अपनाएपछि आज संसद चल्ने र पुनर्निर्माण प्राधिकरण अगाडि पारित हुने सम्भावना बढेको छ ।