काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले कांग्रेस सरकारलाई असहयोग गर्ने पक्षमा नरहेको दाबी गर्नुभएको छ । उहाँले सरकार विपक्षी दलहरुलाई पनि समेटेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
वर्तमान सरकार आफ्नो स्वार्थका लागि मात्रै लागेको आरोप लगाउनुभएका श्रेष्ठले भूकम्पसम्बन्धी प्राधिकरण विधेयकका विपक्षमा कांग्रेस नरेको बताउनुभयो । उहाँले आफूहरुकै सरकारको पालामा सदनमा ल्याएको भूकम्प प्राधिकरण विधेयक कांग्रेसले कसरी रोक्न सक्छ भनेर प्रश्न गर्नुभएको छ ।
‘भूकम्पसम्बन्धी प्राधिकरण विधेयक कांग्रेसले रोक्यो भनेर एमाले र एमाओवादीले आरोप लगाएको सबै गलत हो’, नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै कांग्रेस मुख्य सचेतक श्रेष्ठले भन्नुभयो, ‘हामी भूकम्प प्राधिकरण विधेयकको विरोधी होइन । बरु संविधान संसोधनको विधेयकलाई किन कार्यसूचीबाट हटाएको हो भनेर सोधेका मात्र हौँ । त्यसको स्पष्ट जवाफ जाहियो ।’
कांग्रेस नेतृत्वका पालामा सदनमा दर्ता भएको भूकम्पसम्बन्धी विधेयकलाई एमाले र एमाओवादीले अबरोध गरेको बताउँदै श्रेष्ठले अहिले त्यही विधेयकलाई कांग्रेसले रोक्यो भनेर आरोप लगाउनु गलत रहेको उल्लेख गर्नुभयो ।
मधेसी मोर्चाले सदनमा संविधान संसोधनको प्रस्ताव अगाडि बढाउन दिनुपर्ने उहाँले बताउनुभएको छ । मधेसी मोर्चाका माग पनि यो संविधान संसोधनको विधेयकले पूरा गर्ने मुख्य सचेतक श्रेष्ठको दाबी छ । बरु नमिलेका विषय वा भाषालाई मिलाउन सकिने उहाँको भनाइ छ ।












प्रतिक्रिया