६ कार्तिक २०८३, शुक्रबार

भारतले दसगजामा संरचना निर्माण गरेपछि नेपाली भूमि डुब्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dasgajaकाठमाडौं, २९ मंसिर । भारतले नेपाली भूभाग डुबानमा पार्नेगरी दसगजामा निर्माण गरिएको संरचनाप्रति नेपाल सरकारले आपत्ति जनाएको छ ।

नेपालले सीमा क्षेत्रमा पूर्वपश्चिम तटबन्ध निर्माणकार्य तत्काल रोकी नेपाली भूभागलाई डुबानमुक्त राख्न भारतलाई आग्रह गरेको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

नेपाल र भारतबीच काठमाडौंमा सम्पन्न बाढी व्यवस्था स‌ंयुक्त समितिको दसौं बैठकमा नेपाली पक्षले भारतले सीमा क्षेत्रमा पूर्व पश्चिम लगातार तटबन्धलगायतका संरचना निमार्ण गरेर नेपालको उत्तर दक्षिण बग्ने सयौं नदी र नाहरुको निकास रोकेका कारण डुवान भएको तथ्य भारतीय पक्षसामु पेश गरेको थियो ।