१ कार्तिक २०८३, शनिबार

अन्ततः बाबुरामले खोले भारतले नाकाबन्दी लगाउनुको रहस्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhairahawa (1)

– नरेश केसी
भैरहवा, २८ मंसिर । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले केही नेताहरुकै हठ र अदुरदर्शिताको कारण विगत ४ महिनादेखि मुलुकमा असहज परिस्थिति सृजना भएको बताएका छन् ।

एमाओवादी छाडी नयाँ शक्ति स्थापना गर्ने अभियानका साथ देश दौडाहामा निस्केका राजनीति अर्थशास्त्रका विज्ञ समेत मानिने भट्टराईले देशमा शासन सत्ता परिवर्तन भएता पनि सीमा क्षेत्रमा सृजीत असहज परिस्थीति र भारतले गरेको नाकाबन्दीको कारण पनि हाम्रै नेताहरु भएको बताए । उनले भने– ‘हाम्रा नेताहरुको अदुरदर्शिता र हठका कारण अहिलेको परिस्थीति आएको हो । आफूलाई अत्यन्तै जान्ने सुन्ने ठान्ने अरुलाई केही पनि नमान्ने ४ जना नेताको कारण देशले यो नियती भोग्नु परेको छ ।’

Baburam-Bhairahawa (5)भैरहवामा भेला भएका उद्यमी व्यवसायीहरुलाई सम्बोधन गर्दै भने– यो दुर क्षितिजमा आधिवेहरी आउदै गरेको मैले मेरो आँखाले देखेको थिए तर आफूलाई अत्यन्तै जान्ने बुझ्नेहरुको हठको कारण म बाध्य भएर नयां शक्ति निर्माणमा लाग्नु पर्यो । अहिले अर्थतन्त्र थला परेको छ । अहिले जुन अवस्थामा छ त्यो माथि उठ्न दशकौं लाग्न सक्छ । हाम्रै अदुरदर्शिता र केही मान्छेका कारण अर्थतन्त्र थला थला परेको हो । नाकाबन्दीको कारण पहाड तराई आक्रान्त भएको छ । हाम्रा नेताहरुमा अदुरदर्शिता रहेछ भन्ने यो पछिल्लो प्रमाण हो । संविधान जारी गर्ने बेलामा सामन्य विषयलाई सम्बोधन नगरी हठ गर्दा यस्तो भएको हो ।’

Baburam-Bhairahawa (4)बाबुरामको यो भनाईबाट भारतले लगाउने नाकाबन्दीबारे उनलाई पहिला नै थाहा भएको प्रष्ट हुन्छ । आफ्नो सम्बोधनमा बारम्बार चार नेताकै हठ भनेर भनिरहेका भट्टराईले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति सुशील कांग्रेस, एमाले अध्यक्ष केपी शर्मा ओली र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छादारलाई संकेत गरेका थिए ।

Baburam-Bhairahawa (3)नेता भट्टराईले ३ वटा शासकहरुको स्वार्थको कारण आज मुलुकमा द्वन्द्व सृजना भएको समेत बताए । भट्टराईले दिल्ली, काठमाण्डौं र क्षेत्रीयतावादीहरुको द्वन्द्व लम्बिदै गए मुलुक प्रतिगमन तर्फ फर्किन सक्ने भन्दै चिन्ता समेत व्यक्त गरे । उनले अहिलेको समस्याको निराकरण नेताहरु सच्चिएर जायज माग पुरा गर्न लाग्नुपर्दछ । क्षेत्रियतावादी सोच भएका नेताहरु समग्र देशको नेता बन्न कोसीस गर्नुपर्दछ र दिल्लीले दुरगामी असर पार्नेगरी लहडमा लागेर समग्र नेपाललाई नै समस्या पार्नेगरी कदम चाल्नु हुदैंन ।

Baburam-Bhairahawa (2)नेता भट्टराईले मुलुक संघियताबाट पछाडी कदापी हट्न नसक्ने जनाउदैं आर्थिक विकास सहितको राजनितीक परिवर्तन भएमा मुलुक १५ वर्षमा गरिबी मुक्त र ४० वर्षमा समृद्ध हुने विश्वासका साथ नयां शक्तिमा लागेको जनाए । उनले नयां शक्तिमा ४० प्रतिशत पुराना पार्टिका र ६० प्रतिशत उद्यमी, व्यवसायी र स्वतन्त्र व्यक्तिहरु हुने पनि जनाए ।

भारतका नजिकका पात्र भनेर चिनीने भट्टराईले मुलुकको हितलाई ध्यानमा राख्दै छिमेकीसंग सम्बन्ध नजिक र टाढा राख्नुपर्नेमा जोड दिए । नेता भट्टराईले भारतको लगानी भित्रयाएर नेपाललाई अन्तरनिर्भरता बनाउनुपर्ने बताउदैं भने “भारत र चीन जस्ता उदयमान अर्थतन्त्र भएका मुलुकको लगानी भित्राएर अन्तरनिर्भरता बढाउनुपर्छ । त्यसो भयो भने उनीहरुकै लगानी भएको ठाउँमा उनीहरुले नाकाबन्दी नै गर्दैनन् ।