२३ कार्तिक २०८३, सोमबार

राजेन्द्र महतोलाई उपेन्द्र यादवको काउन्टर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra Mahato & Upendra Yadav

पोखरा, २८ मङ्सिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी र आदिवासी जनजातिसँग विगतमा सरकारले गरेका सम्झौता कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ ।

संयुक्त तमुवान संघर्ष समिति र मगरात संघर्ष समितिले आज यहाँ आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाँले झगडा गरे पनि आफ्नै भूमिमा गर्ने र आन्तरिक मामिला आफै समाधान गर्ने बताउनुभयो । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको ‘मधेस टुक्रयाउने’ अभिव्यक्तिलाई काउन्टर गर्दै यादवले भारतसामू नेपालको शिर नझुकाउने धारणा राख्नुभयो ।

आदिवासी जनजाति आन्दोलनका प्रवक्ता ओम गुरुङले नामाङ्कन र सीमाङ्कनबिनाकोसंविधानलाई आदिवासी जनजातिले स्वीकार गर्न नसक्ने बताउनुभयो । रासस