२३ कार्तिक २०८३, सोमबार

दिल्लीबाट फर्किएर वीरगञ्जमा राजेन्द्र महतोको पत्रकार सम्मेलन, सरकारमाथि आरोपको वर्षा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra-Mahato

वीरगन्ज, २८ मङ्सिर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकार वार्ताप्रति गम्भीर नभएको आरोप लगाउनुभएको छ ।

“संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अघि सारेका ११ बुदे मागप्रति सरकार र प्रमुख विपक्षी दल संवेदनशील भएको देखिएका छैनन्,” आज यहा आयोजित पत्रकार सम्मेलनमा उहाले भन्नुभयो- “वार्ताप्रति सरकार गम्भीर नभई नाटक मात्र गरिरहेको देखिन्छ ।

मधेस आन्दोलनप्रति सरकारले फैलाएको दुष्प्रचार चिर्न मोर्चाका शीर्षस्थ नेताहरुले हालै भारत भ्रमण गरेको उल्लेख गर्दै उहाले आफूहरुको भारत भ्रमण फलदायी र उपलब्धिमूलक भएको बताउनुभयो ।

अध्यक्ष महतोले राज्यबाट शोषित, पीडित र बहिष्कृत भएका मधेसीहरुले अधिकार प्राप्तिका लागि गरिरहेको आन्दोलनलाई अन्तर्राष्ट्रिकरण गर्न सहयोग र समर्थन गर्न भारतीय सरकार र त्यहाका नागरिकलाई आग्रह गरिएकोे र मधेसका माग र मुद्दाबारे उनीहरुलाई बुझाउने काम भएको पनि बताउनुभयो । रासस