६ कार्तिक २०८३, शुक्रबार

सांग्रिला क्यासिनोबाट काठमाडौं सिडिओको विदाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CDO-Ek-Narayan-Aryal

काठमाडौं । नारायणगोपाल मलेगो जस्तो कमजोर गृह सचिव छानेपछिका हरेक निर्णयहरुमा गृहमन्त्री शक्ति बस्नेत विवादमा पर्दै आएका छन् । बस्नेत गृहमन्त्री भएपछि गरिएको सिडिओको सरुवा पनि विवादमा परेको छ ।

विषम परिस्थितिमा पनि मोरंग जिल्लामा राम्रो काम गरेको दावी गर्ने सिडिओ गणेशराज कार्की र काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले आफूहरुलाई मन्त्रालयले अन्याय गरेको भन्दै सरुवा गरिएको जिल्लामा हाजिर हुन नजाने अडान लिएका छन् ।

कालोबजारी विरुद्व खरो अभिव्यक्ति दिए लगत्तै गृह मन्त्रालयले एकनारायणलाई मोरंग जिल्लामा सरुवा गरेको थियो । काठमाडौंको सिडिओ अर्यालले कालोबजारीको दवावबाट आफूलाई काठमाडौंबाट हटाइएको बताएका छन् । सिडिओ अर्यालले संगठित कालोबजारी विरुद्व काम गरिरहेको अवस्थामा गृह मन्त्रालयले सरुवा गरेर आफूमाथि अन्याय गरेको दुःखेसो पनि पोखेका छन् ।

गृहमन्त्री वामदेव गौतमका प्यारा अर्याल बढी दवाव दिएरै काठमाडौंका प्रजिअ बन्न सफल भएका थिए । काठमाडौंको सिडिओ भएपछि अन्य जिल्लाको सिडिओ हुन सहसचिव मान्दैनन् । काठमाडौंको सिनियर सहसचिवलाई सिडिओ बनाउने परम्परा अर्यालले तोडेका थिए ।

उनीभन्दा बरिष्ठहरुले काठमाडौंबाट हटाइएपछि अर्यालले के गर्लान् ? काठमाडौं जान किन मरिहत्ते गरेका होला भने त्यस बखत नै राम्रो मानेका थिएनन् ।

सिडिओ अर्यालको विदाई भने आफूलाई कांग्रेस भनाउने राजेन्द्र बजगाइँद्वारा संचालित जुवा घर सांग्रिला क्यासिनोमा मंसिर २५ गते कक्टेल रात्रिभोज दिएर शुभचिन्तकहरुले विदाई गरेका छन् । जुवा घरमा आयोजित सिडिओको विदाई रात्रिभोजको व्यवस्थापन भने गृह मन्त्रालयै एकजना निकै चल्तापूर्जा सहसचिवबाट गरिएको थियो । साँघु साप्ताहिकमा समाचार छ ।