६ कार्तिक २०८३, शुक्रबार

सर्लाहीमा गोली हानेर दुई भारतीय नागरिकको हत्या

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pistol-hatiyarसर्लाही । सर्लाही, गौरीशंकरमा गोली प्रहार गरी हत्या गरिएको अवस्थामा दुई भारतीय नागरिकको शव फेला परेको छ । गौरीशंकर–८ श्रीनगरमा आइतबार भारत सीतामढीका मुकेश कुमार र कपिलकुमार रायकुर्मीको शव भेटिएको हो ।

उनीहरु दुवै भारतीय प्रहरीको खोजी सूचीमा परेका अपराधी रहेको प्रहरीले जनाएको छ । शनिबार साँझ हत्या गरिएका उनीहरुको शव आइतबार बिहान स्थानीयले देखेपछि खबर गरेको प्रहरी उपरीक्षक रमेशकुमार खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार मुकेशको टाउकोमा दाहिनेतर्फ पछाडिबाट एक राउन्ड गोली लाग्नुका साथै दुवै हात र गालामा धारिलो हतियारले काटिएको चोट छ । त्यसैगरी कपिललाई टाउको पछाडि र पाखुरामा गोली हान्नुका साथै हाट काटिएको अवस्थामा भेटिएको छ । नागरिक दैनिकमा खबर छ ।