३१ आश्विन २०८३, शनिबार

नेचुरल सहकारीको सातौं वार्षिक साधारण सभा सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

natural

काठमाडौं, २८ मंसिर । नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

चावहिलस्थित ग्राण्ड मल्टी भेन्यूमा सम्पन्न कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले कार्यक्रमको सफलताको शुभकामनाहित देशको परिस्थितीका अब सहज हुने बताए ।

सातौं वार्षिक साधारण सभा कार्यक्रम संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष विकल्प पाठकले संस्थाले विषम परिस्थितीमा पनि ३० करोड कारोवार पु¥याउन सफल भएको बताउँदै गत आर्थिक वर्षको तुलनामा करिव ८२ प्रतिशत कारोवार बृद्धि गरेको बताए ।

जोरपाटी क्षेत्रमा कारोवार गर्दै आएको सहकारीले सामाजिक कार्यका अलावा विभिन्न ग्रामिण क्षेत्रमा समेत कारोवार वृद्धि गर्दै लगेको अध्यक्ष पाठकले बताए । साधारण सभाले ७ सदस्यीय संचालक समिति तथा ३ सदस्यीय लेखा समितिको निर्वाचन समेत सम्पन्न गरेको छ ।

नयाँ कार्यसमितिको अध्यक्षमा शर्मिला अमात्य, उपाध्यक्षमा तिलक बहादुर कार्की, सचिवमा विकल्प पाठक, कोषाध्यक्षमा कृष्ण नेपाल सहित ३ जना संचालक निर्विरोध निर्वाचित भएका हुन् ।

कार्यक्रममा गायिका अञ्जु पन्त, हाँस्य कलाकारहरु दमन रुपाखेति, अर्जुन घिमिरे ‘पाँडे’ कुमार कट्टेल ‘जिग्री’ मधुसुधन पाठक ‘सीतेबा’ को प्रस्तु्तीले अझै उत्साह थपेको थियो ।