२३ कार्तिक २०८३, सोमबार

सदन खोल्न ठूला दलका शीर्ष नेताहरूको बैठक बस्ने तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २८ मंसिर । संसदको अबरोध हटाउने प्रयास स्वरुप आज पनि राजनीतिक पहल हुने भएका छन् ।

सदनको अबरोध हटाउनका लागि दबाव दिने उद्देश्यले सभामुख ओनसरी घर्तीले आज प्रमुख दलका शीर्ष नेताहरूको बैठक बोलाउनु भएको छ ।

संसद सचिवालय सिंहदरबारमा आज हुने छलफलमा संसदको गतिरोध अन्त्यका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

बैठकका लागि कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरूलाई खबर गरिएको सभामुख घर्तीको निजी सचिवालयले जनाएको छ ।

कांग्रेस र मधेसी मोर्चाले सदनमा अबरोध गरेपछि कुनै पनि प्रस्तावहरू बैठकमा पेश हुन पाएका छैनन् । छलफल अपरान्ह चार बजेपछि हुने कार्यक्रम छ ।