६ कार्तिक २०८३, शुक्रबार

‘एमाओवादी फुटाउनेहरू साम्राज्यवादको चंगुलमा परे’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २८ मंसिर । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले साम्राज्यवादीहरूको चंगुलमा परेर वरिष्ठ नेताहरूले पार्टी फुटाएको आरोप लगाएका छन् ।

राजधानीमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यतिर आँखा लगाउँदै भने, ‘एमाओवादी फुटाउनेहरू साम्राज्यवादको चंगुलमा परेको संकेत मलाई छ । एमाओवादी विभाजन गराएर कम्युनिस्ट शक्ति क्षीण गराउने दाउपेच कसैले नगरे हुन्छ।’

पुराना कम्युनिस्ट नेता खगुलाल गुरुङको सम्मानमा आयोजित कार्यक्रममा एमाओवादी विभाजन केकति कारणले भएको छ भन्ने प्रश्न गर्दै दाहालले भने, ‘हाम्रो विभाजन आपसी मतभेद, सम्बन्धको खाडलबाट मात्र हो वा निकै ठूलो साम्राज्यवादी शक्तिको सुनियोजित षड्यन्त्रबाट पनि भएको हो भन्ने सोच्न जरुरी छ।’

उनले दसबर्से जनयुद्धबाट नेपालीको मन जित्दै आएको एमाओवादीलाई छियाछिया पार्न साम्राज्यवादी शक्ति लागिपरेको र त्यसैको कारण माओवादी विभाजन भएको बताएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

एमाओवादीबाट विभाजन भएका चार पक्षको नेतृत्व वैद्य, नेत्रविक्रम चन्द, मातृकाप्रसाद यादव र बाबुराम भट्टराईले गरिरहेका छन् ।

पार्टी विभाजनका कारण आफूभित्र निकै ठूलो आँधीबेहरी चलेको उल्लेख गर्दै दाहालले भने, ‘यसबाट साम्राज्यवादी शक्तिले हाम्रो तेजोबध गर्नका निम्ति हामीलाई नै प्रयोग गरिरहेका छन् भन्ने कुरा बुझ्ने र सामना गर्ने अवसर पाएको छु ।’