६ कार्तिक २०८३, शुक्रबार

चाकडी गर्न खोज्दा गृहमन्त्री शक्ति बस्नेत नराम्रोसँग बन्धनमा परे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shakti Basnetकाठमाडौं, २८ मंसिर । १२ दिनदेखि जारी एमाओवादी केन्द्रीय समिति बैठकमा गृहमन्त्री शक्ति बस्नेतका कारण बहस मोडिएको छ ।

अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि बोल्ने क्रममा केन्द्रीय सदस्यहरुले गृहमन्त्री बस्नेतले परिवारका सदस्य, नातागोतालाई भूकम्पपीडितका नाममा चीन भ्रमणमा पठाएको विषयलाई बैठकभित्र छुट्टै कार्यसूचीका रुपमा समावेश गरेर छलफल अघि बढाउनुपर्ने माग गरेका हुन् ।

प्रतिवेदनमाथि सदस्यहरुले बोल्ने क्रम सकिन लाग्दा अकस्मात् गृहमन्त्रीको विषयले प्रवेश पाएपछि बैठक गर्मिएको कान्तिपुर दैनिकले समाचार छापेको छ ।

पेरिसडाँडास्थित एमाओवादी मूख्यालयमा अघिल्लो मंगलबारदेखि जारी बैठकमा आइतबार बोल्दै पोलिट्ब्युरो सदस्य शशि श्रेष्ठ, केन्द्रीय सदस्य हेमराज भण्डारी, श्रीप्रसाद जवेगु, घनश्याम यादव र गंगा कार्कीले बस्नेतका गतिविधिहरु स्वेच्छाचारी र पार्टी आचारसंहिताविपरीत भएको भन्दै राजीनामासमेत माग गरेका थिए ।

बस्नेतले राजीनामा नदिए उनलाई पार्टीले फिर्ता बोलाउन अध्यक्ष दाहालसामू उनीहरुको माग थियो ।