– विश्वराज चौधरी
नेपालगन्ज, २६ मंसिर । नेपालगन्ज नाकाबाट शनिबार २७ वटा इन्धनका गाडी नेपाल भित्रिएका छन् ।
इलाका प्रहरी कार्यालय जमुनहाका प्रहरी सहायक निरीक्षक हरि बहादुर गुरुङ्गका अनुसार विहीबार २० ट्यांकर डिजल ४ ट्यांकर हवाई इन्धन र ३ बुलेट खाना पकाउने एलपी ग्यास नेपालगन्ज नाका भएर नेपाल भित्रिएका छन् ।
यो समाचार तयार पार्दासम्म ७७ वटा अन्य मालबाहक गाडी पनि नेपाल भित्रिएको गुरुङ्गले जानकारी दिए । गोन्डाबाट डिजल लिएर शुक्रबार राती र शनिबार विहान रुपईडिहा आइपुगेका २१ वटा ट्यांकर मध्ये २० वटा शनिबार नै नेपाल भित्रिएका हुन् ।
डिजल बोकेको एउटा ट्यांकर विग्रिएकोले रुपइडिहामा रहेको प्रहरीले जनाएको छ । ‘अहिले पनि अन्य बालबाहक गाडी आउने क्रम जारी रहेपनि इन्धनका गाडी आउने सम्भाबना न्यून छ,’ प्रहरी सहायक निरीक्षक गुरुङ्गले भने ।
विहीबारदेखि यो नाका सहज भएको हो । अहिलेसम्म नाकामा मधेसी मोर्चाका कार्यकर्ता देखिएका छैनन् ।
















प्रतिक्रिया