काठमाडौँ, असार २३ । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादले अझै चरम रुप लिने संकेत देखिएको छ । लोकेन्द्रवहादुर चन्दले आफू नै आधिकारिक अध्यक्ष भएको घोषणा गर्दै निर्वाचन आयोगसम्म केन्द्रीय समितिको बैठक आहृवान गरेपछि विवादले अझ चरम रुप लिने संकेत गरेको हो ।
बैठक सोमवार दिउँसो ३ बजे पार्टी नेता बालाराम घर्ती मगरको ललितपुरस्थित निवासमा बस्नेछ । पूर्व सहमतिको पालना नगरी सूर्यवहादुर थापाले पशुपति शम्शेर राणालाई अध्यक्षको जिम्मेवारी दिएपछि चन्द समुह रुष्ट बनेको छ । ।
पूर्वसहमति अनुसार अध्यक्ष मण्डलमा आफू दोस्रो बरियताक्रममा रहेपनि थापाले सहमति उल्लंघन गरेको चन्द पक्षको आरोप छ । चन्दलाई नेता प्रकाशचन्द्र लोहनीलगायतको समर्थन छ ।
















प्रतिक्रिया