३१ आश्विन २०८३, शनिबार

नेपाल टेलिकमको रिचार्जमा अहिलेसम्मकै बढी बोनस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Telecomकाठमाडौं, २६ मंसिर । नेपाल टेलिकमका रिचार्जमा अबको एक महिनासम्म बोनस पाइने भएको छ ।

ग्राहकलाई लक्षित गरी टेलिकमले मंसिर २७ गतेदेखि पुस ३० गतेसम्मका लागि एनटीसीका जीएसएम, सीडीएमए प्रिपेड सेवाका लागि रिचार्ज कार्ड र इलेक्ट्रोनिक रिचार्ज कार्डमामार्फत हुने रिचार्जमा बोनस दिने भएको हो ।

यो अवधिमा २ सय रुपैयाँ रिचार्ज गर्दा ५ प्रतिशत, ५ सय रुपैयाँ रिचार्ज गर्दा १० प्रतिशत र १००० रुपैयाँ रिचार्ज गर्दा ग्राहकले १५ प्रतिशत बोनस सेयर पाउने एनटीसीकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार एमपीओएस रिर्जाजमा १० प्रतिशत बोनस दिइने छ । ग्राहकलाई यो बोनस सुविधा अहिलेसम्मकै बढी भएको टेलिकमले जनाएको छ ।