३१ आश्विन २०८३, शनिबार

पञ्चेश्वर आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pancheshor

बैतडी, २६ मङ्सिर । बहुउद्देश्यीय पञ्चेश्वर आयोजनासम्म पुग्ने ब्रह्मदेव-पञ्चेश्वर पहुँच मार्गको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) सम्पन्न भएकोे छ ।

बाँधस्थलको १२३ किमी तथा परियोजना क्षेत्रसम्म १२८ किमी पहुँच मार्गको इआइए सम्पन्न गरिएको हो । फुलब्राइट कन्सल्टेन्सीले करिब तीन वर्ष लगाएर गरेको अध्ययन अनुसार सो पहुँच मार्गको ९० प्रतिशत भूभागमा जङ्गल रहेको छ ।

कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको परशुराम नगरपालिका हुँदै बैतडीको शर्माली, महाकाली र पञ्चेश्वर गाविससम्म पहुँच मार्ग पुग्ने इआइएमासंलग्न समाजशास्त्री कृष्ण खनालले बताउनुभयोे ।

इआइए प्रतिवेदन जिविस बैतडी, सम्बन्धित गाविस र अन्य सम्बन्धित जिविसमा बुझाइएको बताउँदै खनालले प्रतिवेदनलाई ऊर्जा मन्त्रालयमा पेस गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “नौ मिटर चौडा सो पहुँच मार्गको एक किलोमिटर निर्माणका लागि झन्डै रु १० करोड खर्च हुने अनुमान छ ।”

सो पहुँच मार्ग निर्माणका लागि नेपाल र भारत सरकारको बराबर लगानी रहने भएकाले दुवै देशको सम्झौतामा निर्माण अघि बढ्ने बताइएको छ ।

पहुँच मार्ग निर्माणको सिलसिलामा हुने नकारात्मक असर न्यूनीकरणका उपाय समेत प्रतिवेदनमा समेटिएका छन् । पञ्चेश्वर पहुँच मार्ग निर्माणको इआइए सम्पन्न हुनाले सो परियोजनाको महत्वपूर्ण काम सम्पन्न भएको बताइएको छ । रासस