
काठमाडौं, २६ मंसिर । लेटेस्ट तथा ब्राण्डेड मोबाइलको कारोबारमा ख्याती कमाएको सिटिभी मोबाइल प्रालिले दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा एप्पल वल्र्ड मोबाइल प्रालिको नामबाट मल्टि ब्राण्ड मोबाइल सो रुम संचालनमा ल्याउन लागेको छ ।
मंसिर २८ गते सोमबारबाट संचालनमा ल्याउन लागेको मल्टिब्राण्ड सोरुम १ हजार स्क्वायर फुट क्षेत्रफलमा फैलिएको छ भने यो स्थानबाट सामसुङ, हुवावे, सोनी, एचटिसि, ब्लाकबेरी, पानासोनिक, एलजी, माइक्रोम्याक्स, जियोनी, माइक्रोसफ्ट, भर्चुमोबाइल लगायत बिश्व बजारमा पाइने सबै ब्राण्डेड मोबाइलको कारोबार गरिने जनाएको छ ।
एप्पल वल्र्डको सोरुममा ९ सय ९९ रुपैयाँदेखि ९ लाख रुपैयाँ सम्म मुल्यपर्ने मोबाइल हेर्न पाइने प्रबन्धक संगम राइले बताउनुभयो ।
बिभिन्न कम्पनीहरुबाट उत्पादित मोबाइलका बारे जानकारी दिन अलग अलग टेबलबाट सुबिधा प्रदान गर्न सकिने, मोबाइलका बारे जानकारी दिन सम्बन्धित मोबाइलबारे जानकारी भएका सेल्स गल्र्स तथा सेल्स मेनेजर रहने ब्यबस्था मिलाइएको छ ।
गेटिङ बिगर मुल लक्ष लिएर अगाडी बढेको सिटिभी मोबाइल समूहले अनलाइन मार्फत मोबाइलको कारोबार गर्ने तथा होम डेलिभरीको समेत ब्यबस्था गरेको बताउँदै एप्पल वल्र्ड मोबाइल प्रालिका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले मोबाइल मर्मतका लागि पनि घरैसम्म लिन जाने र डेलिभरी गर्ने सम्मको सुबिधा रहेको बताउनुभयो ।
१ घण्टामा मोबाइल मर्मत बाट ख्याती कमाएको सिटिभी मोबाइलले यो सुबिधा एप्पल वल्र्डमा पनि रहेको जनाएको छ भने एक्सचेन्ज गरी नयाँ मोबाइल खरिद गर्न सकिने ब्यबस्था पनि मिलाएको छ ।
ताम्राकार कम्प्लेक्सको पसल नं १२, १३ र ३३, सिटिसी मलको चौथो तल्लामा द वल्र्ड भिजन तथा चाबहिलस्थित केएल टावरमा सिटिभी लिंक इलोक्ट्रोनिक्समार्फत मोबाइलको कारोबार गरिरहेको सिटिभी मोबाइलले दरबारमार्गमा खोलेको यो आउटलेट छैठौं हो ।
मोाबाइलको मल्टिब्राण्ड सोरुम मध्येकै राम्रो दाबी गरिएको यो सोरुमबाट एशोसरिज र ल्यापटपको पनि कारोबार गरिने छ ।
ब्यबस्थित पार्किङको सुबिधा, फ्रि वाइफाइको ब्यबस्था सहित खोलिएको यो एप्पल वल्र्ड प्रालिले २२ जना स्टाफमार्फत बिभिन्न कम्पनीबाट उत्पादित मोबाइलको बारे जानकारी दिदै सेवा तथा सुबिधा प्रदान गरिन लागेको जनाएको छ ।
मंसिर २८ गते सोमबार बाट कारोबार शुरु गर्न लागेको एप्पल वल्र्डले ओपनिङ अफर अन्तर्गत ३५ प्रतिशत सम्म छुटको ब्यबस्था गरेको बताउँदै प्रबन्धक संगम राइले पत्यारै नलाग्ने खालका उपहार पनि राखिएको बताउनुभयो ।






















प्रतिक्रिया