३१ आश्विन २०८३, शनिबार

राजनीतिक दलले बाँडीचुँडी गरेर विद्यालयको भौतिक संरचना विस्तार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-currency Paisaजाजरकोट, २५ मङ्सिर । विद्यालय भौतिक संरचना निर्माण कार्यक्रम राजनीतिक भागबन्डा गरेर यहाँ योजना छनोट गरिएको छ ।

विद्यालय अनुगमन गरी विद्यालय जीर्ण भई आवश्यक परेको ठाउँमा भौतिक संरचना उपलब्ध गराउनुपर्नेमा सदरमुकाममा राजनीतिक दलका नेताहरुले आ–आफ्नो राजनीतिक स्वार्थअनुसारको भौतिक संरचनाका लागि योजना छनोट गरिएको हो ।

चालु आवमा रु १३ करोडका २६२ संरचना राजनीतिक भागबन्डामा वितरण भएका छन् । तर लामो समयदेखि भवन अभावमा पठनपाठनको समस्या भएका विद्यालयले पाउन नसकेको भन्दै अन्य सरोकारवाला आक्रोषित भएका छन् ।

नेपाली काँग्रेस, नेकपा (एमाले), एनेकपा (माओवादी) लगायत अन्य साना दलको दबाबमा उक्त संरचना कार्यालयले वितरण गरेको छ ।

बर्सेनि यसरी राजनीतिक दबाबमा आ–आफ्नो स्वार्थअनुसार काम हुँदा समस्या भएको ठाउँ, पहुँच नभएको ठाउँमा विद्यालय निर्माण नहुने र पहँुच हुने ठाउँमा बर्सेनि भौतिक संरचना बन्ने गरेको पत्रकार रामकुमार शाही बताउनुहुन्छ । रासस