काठमाडौं, २३ असार । तिब्वती शरणार्थीलाई नेपाली पासपोर्ट उपलब्ध गराउने धन्दामा परराष्ट्र मन्त्रालय र राहदानी विभागकै कर्मचारीको मिलेमतोमा भएको खुलेको छ ।
घटना बाहिर आएलगत्तै एक कर्मचारी फरार भएका छन् । नक्कली नागरिकताका आधारमा सयौं तिब्बतीलाई एमआरपी दिएको घटना बाहिर आएपछि राहदानी विभागका कर्मचारी जितेन्द्र दास फरार भएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
उनी राहदानी विभागमा करारमा कार्यरत थिए । एक लाख रुपैयामा एमआरपी किनेर चीन जान लाग्दा डेचन याङताइ पक्राउ परेपछि पासपोर्ट बिक्रीको घटना बाहिर आएको थियो ।
गत जेठको अन्तिम साता उनलाई पक्राउ गरेको थियो । एक लाख रुपैयाँमा सीता तामाङको नामबाट जारी ०७३५५०२७ नम्बरको पासपोर्ट उनले दिएकी थिईन । पासपोर्टमा फोटो भने उनकै थियो ।














प्रतिक्रिया