३१ आश्विन २०८३, शनिबार

नाकाबन्दीपछि सबैभन्दा धेरै इन्धन र मालबाहक गाडि भित्रिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepaljung-Naka

– विश्वराज पछल्डङ्ग्या
नेपालगन्ज, २४ मंसिर । नेपालगन्ज नाकाबाट विहीबार सवैभन्दा धेरै गाडी नेपाल भित्रिएका छन् । भारतले अघोषित नाकाबन्दी गरेपछि विहीबार सवैभन्दा धेरै इन्धन र मालबाहकका गाडी नेपाल भित्रिएका हुन् ।

बिहीबार विहान ७ बजेदेखि इन्धन र मालबाहक गाडी नेपाल भित्रिन थालेका हुन् । दिउँसो ३ बजेसम्म नेपालगन्ज नाकाबाट ३४ वटा इन्धनका साधन नेपाल भित्रिएका छन् ।

हालसम्म डिजल १९, पेट्रोल ५, हवाई इन्धन ३ र ७ बुलेट खाना पकाउने एलपी ग्यास नेपाल भित्रिएको इलाका प्रहरी कार्यालय जुमनाहाका इन्चार्ज प्रहरी नायव निरीक्षक बिष्णु गिरीले बताए ।

Gasजमुनहा हालसम्म १ सय ६२ मालबाहक गाडी नेपाल भित्रिएको जमुनहा प्रहरीले जनाएको छ । बुधबार राति ११ बजेपछि मधेसी मोर्चाका कुनै कार्यकर्ता दशगजामा नदेखिएको गिरीले बताए ।

भारतीय सशस्त्र सुरक्षा बल (एसएसवी)ले पनि अन्य दिनको तुलनामा विहीबार मालबाहक गाडी नेपाल पठाउन सहयोग गरिरहेको इन्चार्ज गिरीले जानकारी दिए ।

मधेसी मोर्चाका कार्यकर्ता सीमा बजार रुपइडिहामा भएपनि नाकामा कुनै अवरोध नगरेको प्रहरीले जनाएको छ । अहिले पनि मालबाहक र इन्धनका गाडी नेपाल आउने क्रम जारी छ ।