३१ आश्विन २०८३, शनिबार

मेगा बैंकको २९ औँ शाखा अछामको साँफेबगरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mega Bank Acham

काठमाडौँ, २० मंसिर । मेगा बैंक नेपाल लिमिटेडले अछाम जिल्लाको साँफेबगरमा आफ्नो २९ औँ शाखा विस्तार गरेको छ ।

दुर्गम जिल्लाका विपन्न जनतालाई अत्याधुनिक सेवामार्फत आर्थिक उत्थान गर्ने उद्देश्यले मेगा बैंकले सक्षम परियोजनासँगको सहकार्यमा अछामको साँफेबगरमा शाखा विस्तार गरेको हो । साँफेबगरमा निजी क्षत्रको बाणिज्य बैंक खुलेको यो पहिलो हो भने अछाम जिल्लाभरमा निजी क्षेत्रको बाणिज्य बैंकको शाखा विस्तार भएको दोस्रो हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले सक्षम परियोजनासँगको आर्थिक तथा प्राविधिक साझेदारीमा ग्रामीण क्षेत्रमा बैंकहरुको विस्तार भइरहँदा दुर्गम क्षेत्रमा बैंकिङ सुविधा पुर्‍याउने राष्ट्र बैंकको प्रतिबद्धता पूरा भइरहेको बताउनुभयो ।

सक्षम एक्सिस टू फाइनान्स कार्यक्रमका टिम लिडर बलजित बोहराले मेगा बैंकसँगको साझेदारीमा नेपालका ग्रामीण क्षेत्रमा शाखा विस्तार तथा शाखारहित ट्याब बैंकिङ सुविधा विस्तार गर्न पाउँदा खुसी लागेको बताउनुभयो । साँफेबगर क्षेत्रमा बैंकिङ सुविधा विस्तार गर्न यो समझदारीले मद्दत मिल्ने उहाँको विश्वास छ ।

मेगा बैंकका डेपुटी सिइओ श्रीचन्द्र भट्टले सम्पूर्ण नेपालीहरुलाई बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य अनुसार सक्षम परियोजनासँगको साझेदारीमा मेगा बैंकले सुदूरपश्चिमका दुर्गम जिल्लामा पनि शाखा तथा शाखारहित सेवा विस्तार गर्न लागेको जानकारी दिनुभयो ।

सक्षम कार्यक्रम युके एडको सहायतामा संचालन भइरहेको छ । लुइस बर्जरले स्वदेशी तथा विदेशी संघसंस्थाको साझेदारीमा संचालन गरिरहेको सक्षम परियोजना नेपालमा डीएफआइडीमार्फत संचालित छ ।