३१ आश्विन २०८३, शनिबार

मेगा बैंकको २९ औं शाखा अछामको साँफेबगरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mega-Logo

– टेकराज भण्डारी
अछाम, १८ मंसिर । अछाम जिल्लाको साँफेबगरमा मेघा बैंकले आफ्नो २९ औं शाखा विस्तार गरेको छ ।

दुर्गम जिल्लामा गई शाखामार्फत स्थानीयलाई बैंकिङ सुविधा दिने उद्देश्यले शाखा स्थापना गरिएको बैंकले जनाएको छ । बिहीवार बिशेष कार्यक्रमका साथ शाखाको उद्दघाटन गरिएको छ । बिशेष कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर महाप्रसाद अधिकारीले बैंकको शाखा उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहमा बोल्दै डेपुटी गर्भनर अधिकारीले बैंकले अब अछाम जिल्लाको साँफेबगरमा शाखा बिस्तार गरेको र यस क्षेत्रका स्थानीयले सहज बैंकिङ सुविधा पाउने बिश्वास व्यक्त गर्नुभयो । ‘अब यस क्षेत्रका जनताले मेगा बैंकको सुविधा सहज रुपमा पाउने छन्,’ डेपुटि गर्भनर अधिकारीले भन्नुभयो, ‘मैले अन्य बैंकलाई पनि दुर्गम जिल्लामा गएर सेवा दिन आग्रह गरिरहेको छु ।’

डेपुटी गर्भनर अधिकारीले केही बैंकले दुर्गम क्षेत्रमा गएर सेवा दिन आनाकानी गर्ने गरेको समेत सुनाउनुभयो । राम्रो सेवा दिने र नियम कानूनमा रही काम गर्नेलाई राष्ट्र बैंकले पनि सुविधा दिईरहेको उहाँको भनाई छ । मेगा बैंक नेपाल लिमिटेड र सक्षम टु फाईनान्सको सहकार्यमा स्थापित शाखामा २ दिनको अवधिमै साढे ३ सय निक्षेपकर्ताले खाता खोलिसकेका शाखा प्रबन्धक मदनराज पण्डितले बताउनुभयो । बैंकमा विभिन्न प्रकारका खाता खोल्न सकिने, एसएमएस बैंकिङ, मेगा एप्सबाट बैंकले सहकार्य गरेका अरु बैंकमा रकम ट्रान्सफर गर्न मिल्ने, ईबैंकिङ सेवा लगायताका बैंकिङ सुविधा रहेको समेत प्रबन्धक पण्डितले जानकारी दिनुभयो ।

शाखामा अहिले बैंक मौज्दात करिब १ करोड रहेको बताईएको छ । बैकले हाल सुदूर पश्चिमको धनगढीमा शाखामार्फत सेवा दिईरहेको छ भने १÷२ महिनामै डडेल्धुराको जोगबुढामा शाखा विस्तारको तयारी गरेको छ । बैंकले मंसिर ३ गते देखि नै अछाममा सेवारहित शाखा सुरु गरेको भएपनि बिहीबार देखि सबै सेवा सञ्चलनमा ल्याएको साँफेबगर शाखा प्रबन्धक पण्डितले बताउनुभयो । यसअघि साँफेबगरमा कृषि विकास बैंक र मालिका विकास बैंकले सेवा दिईरहेका छन् ।