३१ आश्विन २०८३, शनिबार

एलपी ग्यासको विकल्पमा गोबरग्यास प्लान्ट र दुईमुखे चुलो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

लुम्बिनी (रुपन्देही) १८ मङ्सिर । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भइरहेको बेला रुपन्देहीको चिल्हिया गाविसले भने खाना पकाउन धुवाँरहित एकमुखे (रकेट चुलोे) र दुईमुखे सुधारिएको चुलोेको वितरण र गोबरग्यास प्लान्ट निर्माणलाई तीव्रता दिएको छ ।

हालसम्म ६६ वटा गोबरग्यास प्लान्ट निर्माण गरिसकेको र अन्य थुप्रै निर्माणाधीन अवस्थामा रहेको गाविस सचिव केशवराज भट्टरार्ईले बताउनुभयो ।

गाविसले प्लान्ट निमार्णका लागि प्रति घरधुरी रु पाँच हजार अनुदान दिने गरेको सचिव भट्टरार्ईले बताउनुभयो ।

त्यस्तै गाविसले गाउँमा सुधारिएको चुलो बनाउन तीनजनालाई तालिमसमेत प्रदान गरेका छ । तालिम प्राप्त व्यक्तिले चुलो बनाएर गाविसलाई दिने र गाविसले स्थानीयबासिन्दालाई वितरण गर्ने गाविस सचिव भट्टरार्ईले बताउनुभयो ।

गाविसले एकमुखे र दुईमुखे धुवाँरहित चुलो वितरण गरिरहेको पनि उहाँले बताउनुभयो ।

रु १५० मूल्य पर्ने एक मुखेचुलो लागतमा गाविसले रु ५० र उपभोक्ताले रु १०० व्यहोर्नु पर्नेछ । त्यस्तै रु ६०० मूल्यको दुईमुखे चुलोलाई गाविसबाट रु ५०० अनुदान र उपभोक्ताले रु १०० व्यहोर्नु पर्ने उहाँको भनाइ छ ।

रकेट चुलो गाविसले वितरण गर्ने गरेको छ भने दुईमुखे चुलो उपभोक्ताको घरमै गएर निर्माण गर्नुपर्ने प्रावधान छ ।

हालसम्म रकेट चुलो एकहजार १०० भन्दा बढी वितरण भइसकेको छ भने दुईमुखे चुलो २०० बढी घरधुरीको घरमा निर्माण गरिएको गाविसले बजाएको छ ।

एलपी ग्यास र गोबरग्यासको पहुँच बाहिर रहेका उपभोक्ताका लागि यस्ता चुलोले खाना पकाउन सहज बनाएको छ । रासस