काठमाडौँ, २१ असार । पूर्वप्रहरी प्रमुख मोतीलाल बोहोरा र नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री मिथिला शर्मा विवाह बन्धनमा बाँधिने पक्का भएको छ ।
उहाँहरु दुबैबीच शनिवार शनिबार टिकाटालो भएपछि दुइबीचको विवाह बन्धन पक्का भएको हो । पारिवारिक सदस्यहरुको उपस्थितिमा उहाँहरुले टिकाटालो गर्नुभएको हो ।
७४ वर्षीय बोहोरा र ५० वर्षीय शर्माबीच केही समयअघि नै विवाहको चर्चा चल्दै आएको थियो । उहाँहरुले ‘कोर्ट म्यारिज’ गर्ने संभावना छ ।
पूर्वप्रहरी महानिरीक्षक बोहोराकी पत्नीको एक वर्षअघि निधन भएको थियो । अभिनेत्री शर्मा भने अहिलेसम्म अविवाहित हुनुहुन्छ ।














प्रतिक्रिया