२९ आश्विन २०८३, बिहिबार

अमेरिकी राष्ट्रपतिबाट नेपाली समुदायको प्रशंसा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Barak Obama

गणेश पाण्डे

वासिङटन डिसी, २१ असार । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकामा रहेका नेपाली समुदायको प्रशंसा गर्नुभएको छ ।

अमेरिकामा रहेका नेपालीहरुको सबैभन्दा ठूलो संगठन एएनएको ३२ औं सम्मेलनमा सन्देश पठाउँदै राष्ट्रपति ओबामाले अमेरिकामा नेपाली समुदायले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभएको हो ।

‘नेपालदेखि अमेरिका आई विभिन्न ओहोदामा रहेर सेनादेखि विभिन्न किसिमका पेशा व्यवसायमा संलग्न भइ हामीलाई सेवा पुर्‍याउने नेपाली अमेरिकी समुदायको प्रशंसा गर्न चाहन्छु ।’ ओबामाले भन्नुभएको छ ।

राष्ट्रपति ओबामाले डेमोक्रेटिक पार्टीका डल्लास जिल्ला अध्यक्ष नेपालीमुलका हरि शर्मामार्फत नेपाली समुदायलाई सन्देश पठाउनुभएको हो । एएनए उद्घाटन समारोहमा ओबामाले पठाएको सन्देश शर्माले पढेर सुनाउनु भएको थियो ।

समारोहमा ओबामाका एसिया प्यासिफिक आइल्याण्डका सल्लाहकार शेखर नरसिंहले पनि शुभकामना दिनुभएको थियो ।

राष्ट्रपति ओबाका साथै अमेरिकी सेनेटर मार्क आर वार्नर तथा ह्वाइट हाउसको एसिया प्यासिफिक आइल्याण्डर्सकी कार्यकारी निर्देशक किरण अहुजाले पनि नेपाली समुदायलाई शुभकामना सन्देश पठाउनुभएको थियो ।

एनएनए सम्मेलनको रन्को

वासिङटन डिसीको शेराटन प्रिमियर तारे होटलमा शुक्रबारदेखि सुरु भएको सम्मेलनको वलिउड स्टार मनिषा कोइरालाले उद्घाटन गर्नुभयो ।

‘तपाईंको सानो सहयोगले पनि नेपालमा ठूलो सहयोग हुन्छ,’ उद्घाटन समारोहमा कोइरालाले आग्रह गर्नुभयो, ‘नेपाली सभ्यता, संस्कृति र पहिचानलाई दुनियाँभर लैजानुस, नेपाली आमालाई कहिल्यै नभुल्नस् ।’

उद्घाटन समारोहलाई सम्बोधन गर्दै एएनएका अन्तरिम अध्यक्ष छेवाङ शेर्पा लामाले एएनए अझ शसक्त बन्दै गएको बताउनुभयो । सन् २००२ देखि नवीकरण नभएको एएनएलाई सन् २०१२ मा नवीकरण गर्नु आफ्नो कार्यकालकै सबैभन्दा ठूलो उपलब्धि भएको उहाँले बताउनुभयो ।

एनएनए ३२ औं सम्मेलनका संयोजक हेमन्त श्रेष्ठले उत्तरअमेरिकामा रहेका नेपालीहरुका लागि एनएनए सम्मेलन पर्वका रुपमा स्थापित भएको बताउनुभयो ।

एएनएका संस्थापक अध्यक्ष डा. हरि शर्माले नेपाली शिक्षा, संस्कृतिको जगेर्नाका लागि आफूहरुले ३२ बर्षअघि एएनए स्थापना गरेको स्मरण गराउनुभयो ।
कार्यक्रममा एनएनए हिरो २०१४ बाट नेपाली महिलाअधिकारकर्मी विष्णुकुमारी थापा, गिनिज बुकमा नाम लेखाउन सफल कृष्ण पाण्डे, समाजसेवी सरोज प्रजापति र १५ पटक सगरमाथा सफल आरोहण गरेका दोर्जी (लम्बु) शेर्पालाई सम्मान गरिएको थियो ।

यसैगरी, संचारक्षेत्रबाट नेपाली समुदायलाई योगदान पुर्‍याउने ह्वाइट हिमालय टेलिभिजन, अमेरिका नेपाल टेलिभिजन, एभरेष्ट टाइम्स, टेक्सास नेपाल डटकम लगायतलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

यसैगरी, सम्मेलनका सहसंयोजक लक्ष्मण प्रधान, कलाकार माल्भिका सुब्बा लगायतले समारोहलाई सम्बोधन गर्नुभएको थियो ।

सम्मेलनमा विभिन्न फोरम, सांस्कृतिक कार्यक्रम, फेशन शो, फिल्म प्रदर्शन लगायतका कार्यक्रम भइरहेको एएनएका अन्तरिम महासचिव विजय थापाले बताउनुभयो ।

अमेरिकामा नेपालीहरुको जेष्ठ नागरिक क्लब

सम्मेलनमा अमेरिकामा रहेका नेपाली जेष्ठ नागरिकहरुका लागि क्लब बनाउने घोषणा गरिएको छ । यसको शुरुवात भर्जिनियाको आर्लिङटन र मेरिल्याण्डको मन्गोमेरी काउन्टीबाट गरिने भएको छ ।

नेपाल सिनियर्स कल्चर सेन्टर नाम दिइएको परियोजनाको संचालन नेपाली अमेरिकन नर्स एशोसिएशन(सान) अमेरिकन नेपाली सिनियर्स क्लब र नेपाः पासा पुच अमेरिकायबीचको समन्वयमा हुने भएको छ ।

नेपाली जेष्ठ नागरिकका समस्याहरुप्रति कसैको ध्यान नदिइरहेको अबस्थामा समुदायका अगुवा कार्यकर्ताहरुको पहलमा यो कार्यको शुरु गर्न लागिएको हो । सानका सल्लाहकार रिता तिवारीका अनुसार नौ जनाको समूहद्धारा यो परियोजना संचालन गर्न लागिएको । यी नौ जना बोर्ड अफ डाइरेक्टर्सले फरक फरक जिम्मेवारी लिएर क्लबको ब्याबस्थापन गर्नेछन् । उक्त बोर्ड अफ डाइरेक्टरमा रिता तिवारी, सरोज प्रजापति, प्रेम संग्रौला, मन्जु संग्रौला, शान्ति श्रेष्ठ, मगन श्रेष्ठ, राम मालाकार लगायतको संलग्नता रहेको छ ।

ANA-nepali-childANA-ManishaANA-Lekhe-nach2ANA-Lekhe-nachANA-Krishna-PandayANA-Nepali-Child1

ANA-Bijay-thapaANA-Bishnu-Thapa

Photo Courtesy: enepalese.com