३१ आश्विन २०८३, शनिबार

ब्राजिलको सेमिफाइनल यात्रा, उपाधि जित्ला त ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

brazil-colambia

मुना कार्की

काठमाडौँ, २१ असार । विश्वकप फुटबल प्रतियोगितामा ब्राजिलले कोलम्बियालाई पराजित गर्दै सेमिफाइनल पुग्ने दोस्रो टोली बनेको छ ।

ब्राजिलको फार्तालेजामा आज बिहान भएको खेलमा ब्राजिलले कोलम्बियालाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा आफनो स्थान सुरक्षित गरेको हो ।

ब्राजिलको जितका लागि कप्तान थिएगो सिल्भा र डेविड लुइजले गोल गरे । कप्तान सिल्भाले खेल सुरुवाती सातौँ मिनेटमा पहिलो गोल गर्दै खाता खोले । उनले नेयमारले प्रहार गरेको कर्नर किकलाई सदुपयोग गर्दै बायाँ खुट्टाले प्रहार गरेको बलले सिधै जाली चुम्मेको थियो ।

यस्तै खेलको दोस्रो हाफमा ब्राजिलका अर्का खेलाडी लुइजले एक गोल थपे । उनले खेलको ६९ औँ मिनेटमा प्रहार गरेको सान्दार फ्रिकिक बलले सिधै जाली चुमेपछि ब्राजिलको जित सुनिश्चित भयो ।

पाँच पटकको विश्वकप विजेता ब्राजिल जारी प्रतियोगितामा १० गोल गरेको छ भने चार गोलमात्र खाएको छ । प्रिक्वाटरफाइनल खेलमा ब्राजिलले चिल्लीलाई टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइलन प्रवेश गरेको थियो ।

यस जितसँगै ब्राजिलका स्ट्राइकर नेयमारले ढाडमा चोटग्रस्त भएपछि आगामी सेमिफाइनलको खेल नखेल्ने भएका छन् । खेलको ८७ औँ मिनेटमा कोलम्बियाका खेलाडी क्विन्टेरोले मैदानमा लडाएपछि नेयमारलाई स्टेचरमा राखेर अस्पताल पु¥याएको थियो ।

खेल अवधिभर कोलम्बियाले खासै राम्रो प्रदर्शन गर्न सकेन । कोलम्बियाका खेलाडी जेम्स रेड्रिगेजले पेनाल्टीमार्फत एक सान्त्वना गोल फर्काएका थिए । ब्राजिलका गोलकिपर जुलियो सिजरले फल गरेपछि कोलम्बियाले पाएको पेनाल्टीलाई रेड्रिगेलले खेलको ८० औँ मिनेटमा गोल फर्काएका थिए । उनी जारी विश्वकपमा हालसम्म सबैभन्दा धेरै गोल गर्दै गोल्डेनबुटको दाबेदार बनेका छन् । उनले प्रतियोगितामा छ गोल गरिसकेका छन् । विश्व फुटबल इतिहासमा लगातार पाँचवटा खेलमा गोल गर्ने पहिलो खेलाडीसमेत बनेका छन् ।

कोलम्बियाले प्रिक्वाटरफाइनल खेलमा उरुग्वेलाई पन्छाउँदै विश्वकपमा पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गरे पनि अघिल्लो चरण प्रवेशको सपना भने चक्नाचुर हुन पुग्यो ।

जारी प्रतियोगितामा नेयमारले चार गोल गरेका छन् । विश्व वरियतामा तेस्रो स्थानमा रहेको ब्राजिलले सेमिफाइनल भिडन्तमा जर्मनीको सामना गर्नेछ । सबै संस्करणको विश्वकपमा सहभागी ब्राजिल लगातार छैटाँै पटक सेमिफाइनलमा पुगेको हो ।

लगातार छैटाँै पटकसम्म क्वाटरफाइनल खेलको ब्राजिलले यसअघि सन् २००६ र २०१० मा भएको क्वाटरफाइनल खेलमा क्रमश फ्रान्स र नेदरल्याण्डसँग मात्र पराजित भएको थियो ।

घरेलु मैदान र दर्शक साथ रहेको ब्राजिल छैटाँै पटक उपाधि जित्ने होडमा छ । ब्राजिलले पछिल्लो समयमा खेलेको २५ खेलमध्ये गत अगष्टमा भएको स्विट्जरल्यान्डविरुद्वको खेलमा मात्र हार भोगेको थियो ।

यस्तै घरेलु मैदानमा भएको ४१ खेलमा अपराजित रहेको ब्राजिल सन् २००२ मा प्यारागुइनसँग मात्र हार भोगेको थियो । रासस