
काठमाडौं, १६ मंसिर । वार्ताप्रतिको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको उदाशिनता, सत्तारुढ दलहरूको कमजोरी तयारीका कराण आज हुने भनिएको वार्ता ठोस निर्णयविना स्थगित हुने सम्भावना प्रवल भएर आएको छ ।
बालुवाटारमा आज बेलुका छ बजेपछि बस्ने वार्तामा मधेसी मोर्चाका शीर्ष नेताहरू सहभागी हुने छैनन् । मधेसी मोर्चाका शीर्ष नेताहरू नै सहभागी नभएपछि वार्ता ठोस निष्कर्षमा पुग्ने सम्भावना अत्यन्तै न्यून रहेको हो ।
मधेसी मोर्चाका तर्फबाट दोस्रो तहका नेताहरूको सहभागिता रहनेछ । वार्तामा उनीहरूले यसअघि पेश भएको सीमाङ्कनको विषयलाई जोडदार रुपमा उठाउने सद्भावना पार्टीका महासचिव मनीस सुमनले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी ओलीले मधेसीका माग सम्बोधन गरेर तीन महिनादेखि जारी आन्दोलनलाई टुङ्गोमा पुराउन पहल गर्नुभएको थियो । यसै क्रममा दुई दिनअघि बालुवाटारमा वार्ता पनि भएको हो ।
तर आजको वार्तामा दलका नेताहरू जिम्मेवार बन्न नसकेपछि सहमति हुने आशा झिनो भएको जनाइएको छ ।
वार्ताका लागि प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस, मधेसी मोचा र सत्तारुढ दलका शीर्ष नेताहरूलाई खबर पठाउनु भएको छ । वार्ता बेलुका छ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने कार्यक्रम छ ।












प्रतिक्रिया