२३ कार्तिक २०८३, सोमबार

मधेसी मोर्चाले भनेजसरी संविधान संशोधन गरौं, छिटो नाकाबन्दी खोलौ: कांग्रेस नेता आचार्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NARAHARI_ACHARYAइलाम, १५ मङ्सिर । नेपाली काङ्ग्रेसका नेता नरहरि आचार्यले आफ्नो पार्टीले संसद्मा दर्ता गराएको संविधान संशोधनको प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

यहाँ आज आयोजित कार्यकर्ता भेटघाटका अवसरमा नेता आचार्यले संविधानप्रति असन्तुष्ट दललाई समेत वार्ताको माध्यमबाट संविधान संशोधन प्रक्रियामा सहभागी गराउनुपर्ने बताउनुभयो ।

नेपालमा भारतले गरेको अघोषित नाकाबन्दीका कारण समस्या सिर्जना भइरहेकाले काङ्ग्रेसले समेत नाकाबन्दी हटाउनका लागि विशेष पहल गरिरहेको उहाँले बताउनुभयो । रासस