काठमाडौं, १५ मंसिर । आज विहान साढे ११ बजेदेखि सुरु भएको व्यवस्थापिका संसदको बैठक मधेसवादी दलहरुले अवरुद्ध गरेका छन् ।
सभामुख ओनसरी घर्तीले बैठक सुरु भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेसी मोर्चाका सांसदहरु उभिएर समय माग गरेका थिए ।
त्यसपछि सभामुख घर्तीले कांग्रेसका फरमुल्हा मन्सुरलाई बोल्न समय दिएपछि मधेसी मोर्चाका सांसदहरुले विरोध गर्दै रोष्टम घेर्दै बैठक अवरुद्ध पारेका हुन् । अहिले उनीहरुले नाराबाजी गरिरहेका छन् ।












प्रतिक्रिया