३० आश्विन २०८३, शुक्रबार

नाकाबन्दीले मासुको मूल्य ह्वात्तै घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

meat-chicken

काठमाडौं, १५ मंसिर । भारतले अघोषित नाकाबन्दी लगाएपछि राजधानीमा मासुको मूल्य ह्वात्तै बढेको छ ।

मासु व्यवसायीका अनुसार ४ सय सम्म पुगेको मासुको मुल्य अहिले २३० देखि २७० रुपैयाँको बीचमा कारोबार भइरहेको छ । गत हप्ता २३० रुपैयाँ मुल्यको मासुको यो हप्ता भने २७० मा कारोबार भइरहेको छ ।

औसतमा मासुको मूल्य प्रतिकिलो सय रुपैयाँले घटेको हो । यो मूल्य कुखुराको मासुको हो । राना कोल्ड स्टोर मैतेदेवीका सञ्चालक राधेश्याम रानाका अनुसार सोमबार मात्रै प्रतिकिलो २७० रुपैयाँमा मासुको कारोवार भएको छ ।

उनले भने– दुई तिन दिनमा मासुको भाउ तलमाथि भइराख्छ । तर, अहिले धेरै घटबढ हुने सम्भावना छैन् । नाकाबन्दीले होटल तथा रेष्टुरेन्टहरु बन्द भएपछि मासु व्यापार घटेकाले भाउ पनि घटेको उनले बताए । ‘उत्पादन भएको मासु पूर्ण मात्रामा खपत नहुँदा भाउ घट्यो,’ उनले भने ।