२२ कार्तिक २०८३, आइतबार

त्यस्तो के छ प्रचण्डको प्रतिवेदनमा ? आजदेखि केन्द्रीय समिति बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal Dahalकाठमाडौं, १५ मंसिर । मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको संगठनलगायतका विषयमा छलफल गर्न एकीकृत माओवादीको केन्द्रीय समितिको बैठक बस्दैछ ।

पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा दिउँसो दुई बजेपछि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्नुहुने बुझिएको छ ।

दाहालले मुलुकको पछिल्लो राजनीतिक अवस्था, बाबुराम भट्टराईको पार्टी परित्याग र अन्य विविध विषयलाई समेटेर राजनीतिक प्रतिवेदन तयार पार्नुभएको छ ।

सो प्रतिवेदन पेश भएपछि सोहीमाथि केन्द्रीय सदस्यहरूले टिप्पणी गर्ने एमाओवादीले जनाएको छ । प्रतिवेदनलाई लिएर केन्द्रीय सदस्यहरूमा कौतुहलता रहेको छ ।

बाबुराम भट्टराईसहित उहाँको समूहले एमाओवादी छाडेपछि बैठक बस्न लागेको हो ।

त्यसै गरी बैठकमा मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)सँगको एकीकरणका विषयमा पनि छलफल हुने बुझिएको छ ।