काठमाडौं, १४ मंसिर । बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको युगौ युगदेखिको सम्बन्ध बिगारेको बताउनुभएको छ ।
सोमबार साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत आक्रोश पोख्दै यादवले युगौंयुगदेखिको रोटी–बेटी सम्बन्ध बिगारेर मोदीले नेपालमा चीन प्रभाव बढाउने काम गरेको बताउनुभयो ।
यादवले ट्विट गर्दै भन्नभएको छ– ‘नेपाल, जोसँग युगौंयुगको हाम्रो रोटीबेटीको सम्बन्ध थियो, त्यो सम्बन्ध बिगारियो, अब त्यहाँ चीन प्रवेश गर्दैछ र जनाब (मोदी) विश्व भ्रमणमा छन् ।’ लगत्तै अर्को ट्विटमा उहाँले भन्नुभएको छ- ‘बडो तामझामका साथ नेपाल गएका थिए तर सम्बन्धन नै बिगारे । अरु देशसँग के होला ?’
विहारमा हालै सम्पन्न विधानसभामा चुनावबाट सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय जनता पार्टीका अध्यक्ष समेत रहनुभएका यादवले पहिलो पटक नेपालबारे धारणा सार्वजनिक गर्नुभएको हो ।














प्रतिक्रिया