२२ कार्तिक २०८३, आइतबार

बिराटनगरबाट उपेन्द्रले भने- अब आन्दोलन झन् कडा हुन्छ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

upendra-yadav– सुमन घिमिरे
मोरङ १४ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार वार्ताको लागि गम्भीर नरहेको आरोप लगाउनु भएको छ ।

विराटनगरस्थित आफ्नै निवासमा आज साँझ संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष यादवले सरकारले ठोस प्रस्ताव ल्याउन नसकेकै कारण वार्ता सार्थक हुन नसकेको बताउनुभयो । यस अगाडी सार्थक वार्ताका लागि प्रस्ताव प्रस्तुत गर्ने भनिएको थियो, तर आजको वार्तामा समेत कुनै एजेण्डा सरकारले ल्याउन नसकेका उहाँको भनाइ थियो ।

अध्यक्ष यादवले जारी मधेश आन्दोलनमा मृत्यु भएकाहरुको परिवारलाई राहत दिने, घाइतेको उपचार गर्ने लगायत सरकारले गरेका निर्णय समेत कार्यान्वयन नभएको बताउनुभयो । अध्यक्ष यादवले नेपाली काँग्रेसका सभापति शुशील कोइराला नेतृत्वको सरकारले संसदमा दर्ता गरेको संविधान संशोधनको विधेयकले मधेशका माग सम्बोधन गर्न नसक्ने जिकिर समेत गर्नुभयो ।

उहाँले बारम्बार वार्ताको नाटक रचेर सरकारले मधेशको आन्दोलनलाई मथ्थर बनाउने योजना सारेपनि अब आन्दोलनलाई थप सशक्त बनाउने दावी गर्नुभयो । ‘सिमा अवरोधलाई अझै कडाई गरेर सरकारले आर्थिक असहयोग गछौं’ अध्यक्ष यादवले भन्नुभयो, अब लिम्बूवान, थारुवान मगरात लगायतका मोर्चासँग समेत सहमति गरेर कडाई गर्दैछौं ।