काठमाडौं, १४ मंसिर । भारतले लगाएको अघोषित नाकाबन्दीबारे नेपाल सरकारले अमेरिकालाई जानकारी गराएको छ ।
नेपालका लागि अमेरिकी राजदूत एवं राष्ट्रपति बराक ओबामाकी दूत अलाइना बी टेप्लिजलाई मन्त्रालयमा बोलाएर सोमबार उपप्रधान तथा रक्षामन्त्री भीम रावलले भारतीय नाकाबन्दीबारे अमेरिकी सरकारलाई जानकारी गराउनुभएको हो ।
भेटवार्तामा भारतले नेपालमाथि लगाएको अधोषित नाकाबन्दी र द्विपक्षीय सहयोगका विषयमा छलफल भएको थियो ।
अमेरिकी सरकारका तर्फबाट राजदूत टेप्लिजले पछिल्लो राजनीतिक तथा सामाजिक विषयबस्तुमाथि चाँसो राखेकी थिईन् । जवाफमा उपप्रधानमन्त्री रावलले दलहरुबीचको छलफल र भारतको अघोषित नाकाबन्दीले पारेको प्रभावबारे जानकारी गराएका हुन् ।
भारततर्फ संकेत गर्दै रावलले नेपाली जनताले बनाएको संविधानमा छिमेकीले चासो राख्नु र हस्तक्षेपको नीति लिनु जायज नभएको भन्दै नाकाबन्दी अन्तर्राष्ट्रिय कानुन विपरित भएको जानकारी समेत गराए ।
मन्त्री रावलले नाकाबन्दी हटाउने पहल भइरहेको बताउँदै नाकाबन्दीपछि उत्पन्न परिस्थिती समाधानमा सहयोग गर्न अमेरिकासँग आग्रह गरे । भेटवार्ताका क्रममा राजदूत टेप्लिजले अमेरिका सधै नेपालको साथमा रहेको र जस्तोसुकै सहयोग गर्न तयार रहेको बताईन् ।
मन्त्री रावलले आजै कोरियन राजदूतले पनि भेटवार्ता गरी भारतको नाकाबन्दीबारे जानकारी गराएका छन् ।












प्रतिक्रिया