३० आश्विन २०८३, शुक्रबार

विमानस्थललाई नाफा कमाउने थलोका रुपमा नहेरौः मन्त्री पोखरेल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ananda-Pokheraकाठमाडौँ, १४ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले अन्तर्राष्ट्रिय विमानस्थललाई नाफा कमाउने थलोका रुपमा हेर्न नहुने बताउनुएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनुगमन तथा निरीक्षण गर्न पुग्नुभएका मन्त्री पोखरेलले विमानस्थललाई नाफा कमाउने थलो नभई सेवालाई प्रभावकारी बनाउनेमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “सबै सरोकारवाला विमानस्थल नेपालको गौरव, प्रतिष्ठा र समृद्धको आधार भन्ने कुरालाई आत्मसात् गर्दै उच्च र सम्मानित बनाउने प्रतिबद्धता जनाउनुपर्छ ।”

मन्त्री पोखरेलले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउने अन्तर्राष्ट्रिय विमानस्थल नै भएकाले त्यसको सरसफाइ र सुरक्षाको राम्रो व्यवस्था गरेमा नेपालको सकारात्मक सन्देश जाने बताउनुभयो ।

विमानस्थलबाट सञ्चालन हुने ट्याक्सीमा नेपालको प्राकृतिक सुन्दरता तथा धार्मिकस्थलका बारेमा विदेशी पाहुनालाई सुनाउन सकिने वा ड्राइभर आफैँले नेपालका बारेमा विदेशीलाई जानकारी दिने व्यवस्था भए प्रभावकारी हुने उहाँको धारणा थियो ।

मन्त्रालयका सचिव दिनेश थपलियाले विमानस्थलमा कुनै पनि पर्यटक आउँदा फोहोर र दुव्र्यवहारले गलत दृष्टिकोण बनाउने भएकाले सुधारको प्रक्रिया अगाडि बढाउनु आग्रह गर्नुभयो ।

विमानस्थलका महानिर्देशक सञ्जीव गौतमले प्रत्येक काम एकआपसमा समन्वय गरेर काम गरेमा स्तरीय सेवा दिन सकिने बताउनुभयो ।

अनुगमन प्रतिवेदनमा फोहोर शौचालय, जताततै फोहोर, भाँचिएका कुर्ची र माकुराको जालैजालो, यात्रुले आवतजावत गर्न तथा सामानहरु कुर्न बढी समय लाग्ने जस्ता समस्या देखिएको छ । रासस