६ कार्तिक २०८३, शुक्रबार

चीनसँग अनुदानमा थप इन्धन उपलब्ध गराउन पत्राचार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

China Petrol Oilकाठमाडौं, १४ मंसिर । व्यापारिक सम्झौता हुन नसकेपछि सरकारले अनुदानमा थप इन्धन उपलब्ध गराइदिन पत्राचार गरेको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले परराष्ट्रमार्फत चीनलाई थप ११ हजार टन इन्धन दिन पत्राचार गरेको कान्तिपुर दैनिकले छापेको छ ।

चीन सरकारकोे स्वामित्वमा रहेको पेट्रो चाइनासँग व्यापारिक सम्झौता नभएसम्म चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग अन्तर्गत केरुङ नाकाबाट इन्धन स्वरुप उपलब्ध गराइदिन पत्र पठाएका छौं मन्त्रालयका उपसचिव शिव त्रिपाठीले भने, परराष्ट्रले पनि चीनलाई पत्र पठाइसकेको छ ।