२२ कार्तिक २०८३, आइतबार

बंगलादेशी प्रधानमन्त्रीको प्रस्ताव- भारतबाट दुःख पाएको नेपाललाई हामी सहयोग गर्छाै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sheikh-hasinaकाठमाडौं, १३ मंसिर । बंगलादेशका प्रधामन्त्री सेख हसिनाले नेपाललाई बंगलादेशबाट सहयोग लैजान प्रस्ताव गर्नुभएको छ ।

भारतको नाकाबन्दीकाबीच उहाँले आफ्नो देशको सयदपुर विमानस्थल तथा चटगाउँ र मोङ्ला बन्दरगाहमार्फत व्यापार गर्न नेपालसँग प्रस्ताव गर्नुभएको हो ।

प्रधानमन्त्री हसिनाले बंगलादेशका लागि नेपाली राजदूत हरिकुमार श्रेष्ठको विदाइ भेटमा नेपालसँग व्यापार विस्तार सहयोगको प्रस्ताव गर्नुभएको प्रधानमन्त्रीका प्रेस सेक्रेटरी इन्सानुल करिमले जानकारी दिनुभयो ।

ढाकास्थित प्रधानमन्त्री निवासमा भएको भेटमा हसिनाले नेपाली जनताले भोग्नुपरेको समस्यामा सहयोग गर्न बंगलादेशको सरकार तयार रहेको समेत बताउनुभयो ।